गौरादहको रोकिएको मतगणना आइतबारदेखि चालु


८ जेष्ठ २०७९, आईतवार ०९:४० मा प्रकाशित

झापा । शुक्रबारदेखि रोकिएको झापा गौरादहको मतगणना आइतबारदेखि चालु भएको छ ।

आइतबार बिहानदेखि मतगणना चालु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गौरादह वडा नं ७ को अन्तिम मत परिणाम अनुसार वडाध्यक्षमा नेकपा एमालेका बलराम खरेल एक मतको अन्तरले विजयी भएपछि नेपाली कांग्रेसले पुनः मतगणनाको माग गर्दै गणना अवरुद्ध पारेको थियो ।

मत परिणाम अनुसार एमालेका खरेलले १०२० र कांग्रेसका दिलनाथ कटुवालले १०१९ मत प्राप्त गरेका छन् ।

निर्वाचन कार्यालयले घोषणा गरिसकेको मतलाई नै सदर मान्ने र वडा नं ८ बाट गणना शुरु गर्ने जिल्लास्तरीय दलहरुबीच सहमति भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here