छथर गाउँपालिकाका वडा अध्यक्षका उम्मेदवारसहित तीन जना पक्राउ


२९ बैशाख २०७९, बिहीबार १४:३४ मा प्रकाशित

काठमाडौं- तेह्रथुमको छथर गाउँपालिका-२ का वडा अध्यक्षका उम्मेदवारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गठबन्धनका कार्यकर्तालाई बाहिरबाट मानिस ल्याएर कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा छथर गाउँपालिका वडा नम्बर–२ का वडा कमिटीका अध्यक्ष मन बहादुर खड्का, कृष्ण बहादुर कार्की र मेदुना राना मगर छन्। उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय बसन्तपुरमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here