झापामा मतदानका लागि मतदानस्थल बनाउने काम धमाधम हुँदै


२९ बैशाख २०७९, बिहीबार १३:०४ मा प्रकाशित

झापा । शुक्रबार हुने स्थानीय तहको मतदानका लागि मतदानस्थल बनाउने काम धमाधम भइरहेको छ।

मतदान केन्द्रमा खटिएका कर्मचारीले कामदार लगाएर मतदानस्थल बनाउने काम धमाधम गरिरहेका छन्। उनीहरूले मतदान केन्द्रमा पुरुष र महिलाका लागि लामबद्ध रहेन छुट्टाछुट्दै स्थान बनाइरहेका छन्। मतदानस्थल, मतपेटिका तथा मतपत्रको सुरक्षाका लागि नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरी पनि खटिएका छन्।

शुक्रबार हुने मतदानका दिन तथा त्यसपछि मतपत्र र मतपेटिकाको सुरक्षाका लागि मतदानस्थलमा खटिएका कर्मचारी तथा सरक्षा निकायबीच छलफल गरि सुरक्षा प्रवन्ध मिलाइएको मतदान अधिकृतहरूले बताएका छन्।

उनीहरूले दिनहुँ बर्षा भइरहेकाले बर्षाका कारण मतपत्र तथा मतपेटिकामा कुनै क्षति नहोस् भन्नका लागि मतपत्र तथा मतपेटिकाको सुरक्षाका लागि नेपाली प्रहरी खटिने बताए।

झापाको बुद्धशान्ति गाउँपालिकाको आदर्श माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र ‘घ’ का मतदान अधिकृत चण्डिकाप्रसाद उपाध्यायले पानी नपरे पनि मतपेटिका सुरक्षित स्थानमा राखिने बताउनु भयो।

मतपत्र तथा मतपेटिकालाई बर्षाबाट जोगाउन पालको व्यवस्था गरिए पनि मतदाताका लागि भने त्यस्तो व्यवस्था असंभव भएको मतदानस्थलमा खटिएका कर्मचारी बताउँछन्।

उनीहरूका अनुसार मतदाताले बर्षाबाट जोगिन आफैं सुरक्षित रहनु पर्नेछ।

झापाकै अर्जुनधारा नगरपालिकामा रहेको शनिश्चरे माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र ‘ख’ की मतदान अधिकृत हिमादेवी ओझाले मतदाता आफैं सुरक्षित हुनुपर्ने बताउनु भयो।

निर्वाचन आयोगले मतदानस्थलमा पालको व्यवस्थाका लागि दिएको निर्देशन कर्मचारी, मतपत्र तथा मतपेटिकाको सुरक्षाको लागि मात्र भएको मतदानस्थलका कर्मचारीले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here