आफूमाथि लगाएको अरोप पुष्टि गर्न शेर्पालाई थापाको पुनः चुनौती


२८ बैशाख २०७९, बुधबार १९:४१ मा प्रकाशित

काठमाडौं । सामाजिक सञ्जालमार्फत पटक–पटक आफूमाथि लागेको आरोप पुष्टि गर्न चुनौती दिँदै आएको अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले बुधबार पुनः एकपटक पत्रकार सम्मलेन गरी हालका अध्यक्ष कर्मा छिरिङ शेर्पामाथि दबाब दिएका छन् ।

शेर्पाले आफूमाथि लगाएको मुख्य १४ आरोपको भिडियो क्लिप देखाउँदै थापाले त्यसलाई प्रमाणित गर्न चुनौती दिएका छन् । थापाले आफूमाथि लागेको आरोप पुष्टि गर्न नसकेमा एन्फा र फिफाको नियमअनुसार शेर्पालाई कारबाही गरिनुपर्ने बताएका छन् ।

पूर्व अध्यक्ष थापाले यसअघि पनि सामाजिक सञ्जालमार्फत शेर्पालाई पटक–पटक आफूमाथि लागेको आरोप पुष्टि गर्न चुनौती दिँदै आएका थिए ।

तर, एन्फाको चुनावको पूर्वसन्ध्यामा गरिएको आजको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एन्फा चुनावमा शेर्पा दोहर्याउने मनस्थितिमा छन् । उनलाई वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले चुनौती पेश गरेका छन् ।

तथापि, पूर्व अध्यक्ष थापाले आफ्नो नितान्त ब्यक्तिगत पत्रकार सम्मेलन भएको तथा आफू र आफ्नो परिवारले विगत सात वर्षदेखि विना गल्ति मानसिक पीडा भोग्नु परेको बताएका थिए । यस्तै थापाले कपोल्कपित रुपमा लगाइएको आरोप प्रमाणित गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here