काँकरभिट्टामा बहुतले बहुउद्देश्य बसपार्क बनाउने योजना छः गोपालचन्द्र बुढाथोकी


२६ बैशाख २०७९, सोमबार ०७:०० मा प्रकाशित

मेचीनगर । नेकपा एमालेबाट मेचीनगर मेयरका उम्मेदवार गोपालचन्द्र बुढाथोकीले काँकरभिट्टामा बहुतले बहुउद्देश्य बसपार्क बनाउने योजना रहेको बताउनु भएको छ ।

आइतबार मेचीनगर-६ स्थित काँकरभिट्टामा एमालेको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका प्रत्यासी उम्मेद्रवार बुढोथोकीले यस्तो कुरा बताउनु भएको हो।

उहाँले साँघुरो बसपार्कका कारण साना-ठुला सवारी साधन तथा व्यापारिक भवनहरु नभएकाले पनि बहुतले बहुउद्देश्य बसपार्क बनाउन प्रयत्न गरिने बताउनु भयो ।

‘काँकरभिट्टा बजार अन्तराष्ट्रिय नाका भएकोले विगतमा यस विषयमा छलफलहरु भएका छन्’, बुढाथोकीले भन्नुभयो-‘५, ७ वा १० तला सम्मको आधुनिक बहुउद्देश्य बसपार्क बनाउन सके मेचीनगरलाई समृद्व नगर बनाउन सकिनेछ ।’

उहाँले मेचीनगर नगरपालिकाका प्रथम मेयर रविन कोइरालाको पालामा यस विषयमा कुरा उठेको बताउनु भयो । सो योजनालाई सम्भव भएसम्म कोशिस गरिने उहाँको भनाइ थियो।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम झापा सहइन्चार्ज रविन कोइरालाले मेचीनगरलाई नमूना नगरपालिका बनाउन पनि एमालेका उम्मेद्रवारहरुलाई जिताउन आवश्यक रहेको दावी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here