तोकिए झापामा प्रमुख निर्वाचन अधिकृत सहित अधिकृतहरु


७ बैशाख २०७९, बुधबार १८:४८ मा प्रकाशित

झापा। पहिलो स्थानीय तहको निर्वाचनमा दुई—दुईजना महिला निर्वाचन अधिकृत पाएको झापाका पालिकाहरुले बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा एकजना पनि महिला निर्वाचन अधिकृत प्राप्त गर्न सकेनन् ।

२०७४ साल बैशाख ३१ गते भएको पहिलो स्थानीय तहको चुनावका लागि जिल्लाकै जनसंख्या र भुगोलका आधारमा सवैभन्दा ठूलो मेचीनगर नगरपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी इन्दिरा शर्मा र गौरादह नगरपालिकाको निर्वाचन अधिकृत सकुन्तला कार्कीलाई जिम्मेवारी प्रदान गरिएको थियो ।

तर, आगामी बैशाख ३० गते हुने निर्वाचननमा झापाका १५ वटा पालिकामध्ये कसैले पनि महिला निर्वाचन अधिकृत प्राप्त गरेनन् ।

झापामा मुख्य निर्वाचन अधिकृतसहित झापाका १५ वटै पालिकामा निर्वाचन अधिकृतहरु समेतको टुंगो लागेको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकासहित १५ वटा स्थानीय तहका लागि निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो ।

जिल्ला निर्वाचन कार्यालय झापाका सुचना अधिकारी प्रेमप्रसाद निरौलाका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी गिरीराज गौतमलाई प्रदान गरिएको छ । गौतम जिल्ला अदालत झापाका प्रमुख न्यायाधीस हुनुहुन्छ ।

भद्रपुर नगरपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी समेत मुख्य निर्वाचन अधिकृत गौतमले नै सम्हाल्नु हुनेछ । मेचीनगर नगरपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी वेदराज फुयाँललाई दिइएको छ ।

विर्तामोड नगरपालिकमा डम्बरप्रसाद काफ्ले, कनकाई नगरपालिकामा दिपक कोइराला, शिवसताक्षी नगरपालिकामा ऋषि पौडेल, अर्जुनधार नगरपालिकामा लोकबहादुर कट्वाल, गौरादह नगरपालिकामा विदरुकुमार कार्कीलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ ।

दमक नगरपालिकामा केशवप्रसाल पन्तलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको कार्यालयले जनाएको छ ।

प्रकाश गौतमलाई कमल गाउँपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ भने, गौरीगञ्ज गाउँपालिकाको निर्वाचन अधिकृतको नेतृत्व भेषराज कोइरालाले सम्हाल्नु हुनेछ ।

पुष्करराज प्रसाईले बाह्दशी गाउँपालिका, मानबहादुर घिमिरेले झापा गाउँपालिका, डम्मरुप्रसाद निरौलाले बुद्घशान्ति गाउँपालिका, नारदप्रसाद भट्टराईले हल्दीवारी गाउँपालिका र वीरेन्द्र्बहादुर बस्नेतले कचनकवल गाउँपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी पुरा गर्नेछन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा केही निर्वाचन अधिकृत महिला तोकिए पनि अब हुने निर्वाचनका लागि कोही पनि महिला अधिकृत तोकिएका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here