बिराटनगर। प्रदेश १ नम्वर प्रहरी कार्यालय बिराटनगर समुहबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्धाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका १९ का ३६ बर्षीय सुरज भन्ने सरोज राईलाई पक्राउ गरेको छ ।
लागुऔषध मुद्धमा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७३ साल भाद्र ५ गतेको फैसला आदेशले १ बर्ष १० महिना २७ दिन कैद र १ लाख रुपैया जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राईको खोज तलासमा खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकी छिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।
पक्राउ परेका राईलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि झुम्का कारागार चलान गरिएको छ प्रहरिले जनाएको छ ।





