बिर्तामोड । साङ्लाले बाँधेर राखिएका युवाको उद्धार गरेको भोलीपल्ट विएण्डसीले अर्का एक विरामीलाई निशुल्क उपचारको घोषणा गरेको छ ।
हल्दिवारी १ का वडाध्यक्ष त्रिलोचन सापकोटाको पहलमा उद्धार गरेर मंगलवार विएण्डसी ल्याइएका विरामीलाई अस्पताल सञ्चालक दुर्गा प्रसाईले निशुल्क उपचारको घोषणा गरेका हुन् ।
झापा हल्दिवारी–१ गोल्धाप निवासी ४० वर्षीय गंगा बहादुर विशुंखे सार्कीलाई वडाध्यक्ष त्रिलोचन सापकोटाको नेतृत्वमा उद्धार गरेर अस्पताल ल्याइएको थियो ।
लामो समयदेखि उपचार अभावले घरमै बसिरहेका सार्की पेट फुलिने समस्यामा पीडित छन् । उनलाई वडाध्यक्ष सापकोटाले अस्पताल ल्याएर उपचारका लागि प्रसाईलाई आग्रह गरेका थिए ।
जण्डिस लागेर मेची अस्पतालमा उपचारका लागि गएका सार्की परिवार निको नभएपछि घर फर्केका थिए । अस्पताल सञ्चालक प्रसाईले विरामीको आर्थिक अवस्था हेरेर निशुल्क उपचारको व्यवस्था मिलाइदिने घोषणा गरेका छन् । गरिबीका कारण उपचारमा समस्या भएको बुझेर आफूले ल्याएर उहाँको निशुल्क उपचार गरिरहेको र दानका लागि खाद्यान्नको समेत व्यवस्था गरिदिएको प्रसाइले बताउनुभयो ।
उनीहरुको अवस्था देखेर वडाध्यक्ष सापकोटाले एम्बुलेन्स भाडा समेत आफै तिरेर अस्पताल ल्याएका ल्याउनुभएको हो । विरामी गंगाबहादुरको उपचार शुरु भइसकेको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले बताउनुभयो । ज्याला मजदुरी गरेर जीवीकोपार्जन गरिरहेका सार्कीको पेट डरलाग्दो तरिकाले फुलिएको छ । उनको पेट फुलिएर हरियो नसा नै देखिने अवस्था भइसकेको अस्पतालले जनाएको अस्पतालले जनाएको छ ।





