सुनसरी । सुनसरीको रामधुनि ५ झुम्काको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
हिजो दिउँसो पौने १२ बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को २ त ८८१८ नम्बरको ट्याक्टरमा सवार झुम्का ३ का २८ बर्षीय अर्जुन ऋषिदेब र सोहि स्थानका २७ बर्षीय जितेन सरदार गुडिरहेको ट्याकटरबाट लडेर घाईते भएको र उपचारको लागि ऋषिदेवलाई बिराट टिचिङ अस्पताल बिराटनगर तथा सरदारलाई स्थानिय मेडिकलमा लगिएको थियो ।
ट्याक्टरबाट लडि घाईते भएका ऋषिदेवको उपचारको क्रममा सोहि अस्पतालमा आज बिहान ४ बजे मृत्यु भएको हो ।
चालक र ट्याक्टर ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।





