झापा । बिर्तामोड नगरपालिकाले सेवा निवृत कर्मचारी भास्कर लुइटेललाई विदाई गरेको छ ।
वडा नम्बर २ को कार्यालयमा सचिव पद (सहायक स्तर पाँचौ)बाट उमेर हदकाकारण सेवा निवृत हुनुभएका लुइटेललाई मंगलबार नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका विच विदाई गरीएको हो । लुइटेललाई नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,प्रुमख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,वरिष्ट कार्यक्रम अधिकृत जय तिम्सीना,लेखा अधिकृत तेजेन्द्र तामाङले सम्मान पत्र तथा मायाको चिनो प्रदान गर्नु भयो । ३४ वर्ष लामो सरकारी सेवाबाट निवृत हुनु भएका लुइटेललाइ नगरप्रमुख शिवाकोटी र प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले उपदान वापतको ४३ लाख रुपैयाँको चेक समेत हस्तान्तरण गर्नु भयो ।
बिर्तामोड २ निवासी लुईटेल २०४४ साल चैत्र ५ गते बहिदार पदबाट सरकारी सेवामा प्रवेश गर्नु भएको थियो । कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,प्रुमख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने र शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले लुइटेलको प्रशंसा गर्दै बाँकी जिवनको लागि शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा नगरपालिकाको विषयगत सबै शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।





