डब्ल्युएचओका महानिर्देशक गेब्रेयसस भोलि नेपाल आउने


७ बैशाख २०७९, बुधबार ०८:१३ मा प्रकाशित

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहिबार नेपाल आउने हुनुभएको छ ।

सद्भावपूर्ण भ्रमणका लागि महानिर्देशक गेब्रेयसस नेपाल भ्रमणमा आउने हुनुभएको हो ।

महानिर्देशक गेब्रेयससले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

तीन दिने भ्रमणका लागि आउन लाग्नुभएका महानिर्देशक गेब्रेयससले बिहिबार नै स्वास्थ्य मन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यतालिका छ ।

महानिर्देशक गेब्रेयससले शुक्रबार राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवासँग भेट गरी हनुमान ढोका दरबार स्वाक्यर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, पाटन हाइस्कुल, र टाइफाइड खोप कार्यक्रमका बारेमा समेत जानकारी लिने कार्यक्रम तय भएको छ ।

महानिर्देशक गेब्रेयससको टोली शनिबार बिहान स्वदेश फर्कने पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here