रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा समाजका विशिष्ट महानुभाव र संस्थाहरूलाई पुरस्कृत


४ बैशाख २०७९, आईतवार १९:५७ मा प्रकाशित

काठमाण्डौं । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले मानव हित तथा सकारात्मक सामाजिक विकासमा अनुकरणीय र उल्लेख्य योगदान पुयाएको भन्दै विशिष्ट महानुभाव र संस्थाहरूलाई पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दले एक समारोह बिच नगदसहित पुरुस्कार प्रदान गर्नु भएको छ ।

प्रतिष्ठानद्वारा स्थापना गरिएको अक्षय कोषबाट हरेक दुई वर्षमा प्रदान गरिने ५ लाख राशिको श्रीप्रसाद ओली स्मृति प्रज्ञान पुरस्कार पहिलो पटक नेपालको अर्थ व्यवस्थाको संस्थागत सुधारमा योगदान पु¥याए वापत नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर काठमाडौँका हिमालय शम्सेर जवरालाई प्रदान गरिएको छ ।

विगत नौ वर्षदेखि प्रदान गरिँदै आएको १ लाख एक हजार १सय ११ राशिको रूद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार खोटाङ जिल्लामा जीवन उपयोगी व्यावहारिक ज्ञानसहित व्यावसायिक कृषिलगायतका विषयमा शिक्षा प्रदान गरी श्रमप्रति सम्मान गर्ने प्रवृत्ति विकासका गर्न अनवरत रुपमा कृषि विज्ञ मदन राईको नेतृत्वमा स्थापित ललितपुरस्थित ‘सुभद्रा–मदन फाउन्डेसन’र कृषि पेसामा यान्त्रीकरणका माध्यमाबाट उत्पादकत्व अभिवृद्धि, विद्यमान अधिक श्रम तथा समय खर्चिने परिपाटीमा सुधार गर्न सानादेखि ठुला कृषि औजारसमेत उत्पादन गरी देशको कृषि क्षेत्रमा तथा अर्थतन्त्रमा टेवा पु¥याए बापत काठमाडौँस्थित ‘चन्द्रा गिरी मेशिनरी उद्योग’का सञ्चालक गोविन्द भक्त श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।त्यसैगरी१लाख १हजार १सय ११ राशिको गौरादेवी स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई पुनस्थापना तथा सेवा, महिलाहरूको आर्थिक सशक्तीकरण, पारिवारिक स्वास्थ्य सेवा, प्राकृतिक तथा सामाजिक प्रकोपका पीडितहरूको उद्धार, सामाजिक कुसंस्कारविरुद्धको अग्रसरता साथै धार्मिक अनुष्ठानहरूमा पुर्याउनु भएको योगदान बापत काठमाडौँ कि निवासी युवती खड्का केसीलाई र सोही राशिको अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार विगत साढेचार दशकदेखि निरन्तर नेपाली साहित्यको विकासमा क्रियाशील हुनुभई नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेख्य भूमिका निर्वाह गर्दै आउनुभएका कवि, कथाकार, निबन्धकार, समालोचक र नाट्यकर्मी मोरङ विराटनगरका विवश पोखरेललाई पुरस्कृत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here