आफ्नो निलम्बन खारेजीको माग गर्दै गभर्नर महाप्रसाद अधिकारीद्वारा सर्वोच्चमा रिट दायर


४ बैशाख २०७९, आईतवार १४:२१ मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अदालत जानुभएको छ।
गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उहा सर्वोच्च अदालत जानुभएको हो ।
अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गराउनु भएको छ । उहाका तर्फबाट वकिलहरूले आइतबार सर्वोच्चमा रिट दर्ता गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here