मेचीनगर । ७५ औँ विश्व स्वास्थ्य दिवसको अवसर पारेर काँकरभिट्टा बहुमखी क्याम्पसले आज विहीबार प्रभात फेरि र स्वास्थ्य सम्बन्धि अन्तरक्रिया सम्पन्न गरेको छ।
क्यम्पस परिसरबाट स्वास्थ्य शिक्षा आजको आवश्यकता, नागरिकको चाहना, स्वास्थ्य रहने भावना, स्वास्थ्य नै पहिलो धन हो नारा लेखिएका प्ले कार्ड र व्यानरसहित निस्केको विद्यार्थी र शिक्षकसहितको र्यालीले काँकरभिट्टा बजारको मुख्यः मुख्य भागको परिक्रमा गरी क्याम्पस हलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले विद्यार्थीहरुकालाई कसरी स्वस्थ्य रहने भन्ने विषयमा जानकारी गराउनुभएको थियो । उहाँले विश्वव्यापी रोग र महामारीसँग कसरी जुध्न तथा सकिन्छ भन्ने विषयमा जानकारी गराउनुभयो ।
उप्रेतीले स्वास्थ्य रहन अप्नाउनुपर्ने रहन सहनका बारेमा समेत सहजिकरण गर्नुभयो । कार्यक्रमको सभापतित्व गर्दै विद्यार्थी विशाल तामाङले प्रजनन स्वास्थ्यको बारेमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संगम वराल र स्वागत सन्तोष धमलाले गर्नुभएको थियो ।
विश्वव्यापी रोग र महामारीसँग जुध्न तथा स्वास्थ्य नीति निर्माण गर्ने उद्घेश्यका साथ सन् १९४८ को ७ अप्रिलमा विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ०को स्थापना भएको थियो । सन् १९४८ मा डब्ल्युएचओले पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो ।
सभाले सन् १९५० देखि लागू हुने गरी प्रत्येक वर्षको ७ अप्रिललाई स्वास्थ्य दिवस मनाउने निर्णय गरेको थियो ।
हरेक वर्ष ७ अप्रिललाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । विश्व स्वास्थ्य दिवस डब्ल्युएचओ र अन्य सम्बन्धित संस्थाहरूको प्रायोजनमा हरेक वर्ष ७ अप्रिलमा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवससमेत हो ।
पहिलो विश्व स्वास्थ्य दिवस ७ अप्रिल १९५० मा मनाइयो र त्यसयता हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।विश्वव्यापी स्वास्थ्यको लागि महत्त्वपूर्ण विषयमा विश्वव्यापी ध्यानाकर्षण गर्ने अवसरको रूपमा यस दिनलाई उपयोगसमेत गरिन्छ । स्वास्थ्य दिवसको अवसरमा डब्लूएचओले अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय कार्यक्रम आयोजना गर्छ ।
यस वर्षको विश्व स्वास्थ्य दिवस २०२२ को नारा ‘हाम्रो ग्रह, हाम्रो स्वास्थ्य’ रहेको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।





