एमालेले शुरू गर्यो उम्मेद्वार छनोट प्रक्रिया


२४ चैत्र २०७८, बिहीबार ०७:४० मा प्रकाशित

काठमाडौं । एमालेले स्थानीय निर्वाचनका लागि सात सय ५३ वटै स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ ।

चैत मसान्तभित्र वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको उम्मेदवार सिफारिस गरिसक्न एमालेले अन्तरपार्टी निर्देशन जारी गरेको छ ।

निर्देशनअनुसार वडा र पालिका कमिटीको बैठकबाट देशैभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया सुरु भइसकेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

‘देशैभर धमाधम तल्लो तहमा पार्टी कमिटीका बैठक बसेर माथिल्लो कमिटीमा उम्मेदवार सिफारिस गर्ने प्रक्रिया सुरु भइसकेको छ,’ अधिकारीले भन्नु भयो, ‘त्यसक्रममा कतिपय वडामा सर्वसम्मत उम्मेदवार छनोट भएका छन् ।

यस्तो सिफारिसको अन्तिम मिति आगामी ३० चैतसम्मका लागि तोकिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here