काठमाडौं, १६ चैत । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीका स्थानीय तह अध्यक्ष तथा प्रमुखहरूलाई सम्बोधन गर्नुहुने भएको छ।
दिउँसो २ बजे भर्चुअल माध्यमबाट ओलीले सम्बोधन गर्नुहुने भएको हो। स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी खट्न उहाँले निर्देशन दिन लाग्नु भएको हो ।
कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन निर्वाचनसम्म जाने निश्चित भएको भोलिपल्ट ओलीले पार्टीको स्थानीय तह अध्यक्षहरूलाई निर्देशन दिन लाग्नु भएको हो ।
गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले एमालेको पाखुरा देखेर कांग्रेस सभापति शेरबहादुर देउवा डराएको भन्दै जति नै दलको गठबन्धन बने पनि निर्वाचनमा पराजित गर्ने दाबी गर्नु भएको थियो ।





