आईसीसी विश्व क्रिकेट लिग दुई अन्तर्गतको एकदिवसीय श्रृङ्खलामा आज नेपालले पपुवा न्युगिनी पीएनजीसँग खेल्दै


२ चैत्र २०७८, बुधबार ११:५२ मा प्रकाशित

काठमाण्डौ चैत २ । आईसीसी विश्व क्रिकेट लिग दुई अन्तर्गतको एकदिवसीय श्रृङ्खलामा आज नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे यूएइको दुबई अन्तर्राष्टिय रङ्गशालामा हुने छ ।

श्रृङ्खला अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल पर्सि शुक्रबार यूएईसँग, तेस्रो खेल आउँदो सात गते यूएईसँग नै र चैत आठ गते अन्तिम खेल पीएनजीसँग खेल्नेछ ।

श्रृङखला अघि श्रीलंकामा चार वटा अभ्यास खेल खेलेको नेपाल तीन वटामा जित र एउटामा पराजित भएको थियो । विश्व क्रिकेट लिग दुईमा आठ खेलमा आठ अंकसहित नेपाल छैठौँ स्थानमा छ । यूएई तेस्रो र पीएनजी पुछारमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here