सप्तरीमा आगलागी, दुई करोड रुपैयाँभन्दा बढीको क्षति


२९ फाल्गुन २०७८, आईतवार ११:३३ मा प्रकाशित

सप्तरी, फागुन २९ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ मा रहेको टेङ्ग्री टोलमा आगलागी भएको छ ।

गएराति लागेको आगलागीबाट २५ वटा घरमा क्षति पुगेको जनाइएको छ । स्थानीय दिनेश यादवको घरबाट सल्किएको आगोले दिनेशसहित छिमेकमा रहेका २५ वटा घरमासमेत क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीकाअनुसार आगलागीबाट दुई करोड रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ । गएराति लागेको आगो बिहान ३ बजेतिर निभाइएको छ ।

आगलागी हुनुको कारण खुल्न सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here