मिस्टर कञ्चनकंघा वडि विल्डिङ्ग च्याम्पियनसिपको उपाधी विकास तामाङलाई


२९ फाल्गुन २०७८, आईतवार ११:२७ मा प्रकाशित

झापा, फागुन २९ । प्रदेश नम्बर १ कै सर्वाधिक राशिको मिस्टर कञ्चनकंघा वडि विल्डिङ्ग च्याम्पियनसिपको उपाधी विकास तामाङले जितेका छन् ।

शनिबार बिर्तामोडमा आयोजना गरीएको वडि विल्डिङ्ग च्याम्पियनसिपको फाइनल खेलमा २९ जना खेलाडीलाई पछि पार्दै ओभरलमा फस्ट स्टेप फिटनेस बिर्तामोडबाट सहभागीखेलाडी ट्याग नम्बर ५२ का तामाङले उपाधी हात पारेका हुन् । यस्तै प्रतियोगिताको फस्ट रनरअपमा आयोजक वडि ग्यारेज बिर्तामोडका खेलाडी ट्याग नम्बर ४७ का चन्द्रकुमार लिम्बु र सेकेण्ड रनरअपमा यारो फिट्नेस बेलबारीका खेलाडी ट्याग नम्बर ३३ का मनोज सुवेदीले उपाधी हात पारेका छन् ।

यस्तै प्रतियोगिताको चौँथो र पाँचौ स्थानमा क्रमश नट्रीहन फिट्नेसका खेलाडी ट्याग नम्बर १९ का कमल तामाङ, गोल्डेन फिट्नेसका खेलाडी ट्याग नम्बर ३का हर्कबहादुर राई विजयी भए । प्रतियोगिताको ओभरल च्याम्पियनले नगद तीन लाख रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै फस्ट रनरअपले २ लाख,सेकेण्ड रनरअपले १ लाख र चौँथो र पाँचौ स्थान ओगट्न सफल विजेताहरुले ७५ हजार र ५० हजार रुपैयाँ नगद सहित ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् ।

 यस्तै लेडिज च्याम्पियनसिप तर्फ सहभागी एक जना खेलाडी सलिना राईले पनि नगद १५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र जितिन् ।विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्रालय प्रदेश १का सचिव दिर्घराज मैनालीले विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नु भएको थियो । ५५, ६०, ६५, ७० के.जी र ७० के.जी भन्दा माथीको तौल समुहमा सहभागी भएका ४४ जना पुरुष खेलाडीहरुमध्ये ३० जना प्रि जजिङ्गबाट फाइनलको लागि छनोटमा परेका थिए ।

प्रतियोगिताको जजहरुमा शारीरिक सुगठन संघका सदस्य तथा जज कमिटी अध्यक्ष शिवलाल श्रेष्ठ,राष्ट्रिय खेलकुद परिषद सदस्य राजेन्द्ररत्न तुलाधर,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक अजय बज्राचार्य,एशियन रेफ्रि शिव मुखिया,राष्ट्रिय निर्णायक केशव नागा, रणबहादुर थेवे,हरि धिमाल, दिपेश पाठक,पूर्ण तामाङ र सीता राई श्रेष्ठ रहनु भएको थियो । प्रतियोगिताको अन्य संस्करण प्रत्येक २ वर्षमा आयोजना गरीने आयोजक समितिका अध्यक्ष अर्जुनकुमार मैनालीले जानकारी दिनु भयो । प्रतियोगिता बिर्तामोड नगरपालिका ५ मा रहेको बडी ग्यारेजको आयोजना तथा गरिमा मल्टिपर्पोज बिर्तामोड २ चारपानेको मुख्य प्रायोजनमा आयोजना गरीएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here