मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु


१६ फाल्गुन २०७८, सोमबार १२:१६ मा प्रकाशित

झापा, फाल्गुन १६ । झापाको अर्जुनधारा नगरपालिका ९ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा ९ का ५८ बर्र्षीय राजेन्द्र थापा रहेका छन । आइतबार राती साढे ६ बजे को ९ प १७६३ नम्वरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका पैदल यात्री थापाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाईकल र चालक इलाम रोङ २ का अर्जुन तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here