झापाको शिवसताक्षीमा आगलागी : दुई जना घाइते


१३ फाल्गुन २०७८, शुक्रबार १२:०९ मा प्रकाशित

झापा, फागुन १३ । झापाको शिवसताक्षी नगरपालिका–१० मा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

शिवसताक्षी नगरपालिका–१० दोमुखामा दोमुखा पर्यटन बोर्डले बनाएको भवनमा गएराति आगलागी हुँदा ४३ वर्षकी बालिका भण्डारी र उहाँकी छोरी १४ अस्मिता भण्डारी जलेर घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

बिजुली सर्ट भएर आगो लागेको र क्षतिको थप विवरण सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here