झापामा सवारी दुर्घटनामा १ को मृत्यु १ घाईते


११ फाल्गुन २०७८, बुधबार १३:२९ मा प्रकाशित

झापा, फागुन ११ । झापाको मेचीनगर नगरपालिका ७ स्थित मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु, एक जना घाईते भएका छन ।

मङ्गलबार राती पौने ८ बजेपैदल यात्री मेचीनगर ८ का १९ बर्षीय श्याम मगर र १७ बर्षीय बल बहादुर मगरलाई मे १० प २२३२ नम्वरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका हुन् ।

घाइते दुबै जनाको अस्पताल बिर्तामोडमा उपचारको क्रममा श्याम मगरको मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल र चालक मेचीनगर(१० का अभिजित सिटौलालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here