एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोराना संक्रमण पुष्टि


९ माघ २०७८, आईतवार १२:३७ मा प्रकाशित

काठमाडौ, माघ ९ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोराना संक्रमण पुष्टि भएको छ ।

लक्षण देखिएपछि परीक्षण गर्दा अध्यक्ष ओलीलाई संक्रमण पुष्टि भएको पार्टी केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । अध्यक्ष ओली हाल बालकोटस्थित निवासमा आइसोलेशनमा रहनुभएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनलगायत विषयमा अध्यक्ष ओलीले आइतबार आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । पार्टीको धारणा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने एमाले स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here