पुनः श्रम स्वीकृति आजदेखि अनलाइनबाट मात्रै पाइने


२ माघ २०७८, आईतवार ११:३९ मा प्रकाशित

काठमाण्डौ, माघ २ । सरकारले वैदेशिक रोजगारीमा जानको लागि चाहिने पुनः श्रम स्वीकृति आजदेखि प्रविधिमैत्री बनाउँदै अनलाइनबाट मात्रै लिने व्यवस्था मिलाएको छ ।

काठमाण्डौको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले आजदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने जनाएको हो ।

२०७७ साल पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकोमा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुन लागेको हो ।

श्रम स्वीकृतिलाई ‘फेसलेस’, ‘पेपरलेस ‘र ‘क्यासलेस’ बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

योसँगै पुनः श्रम स्वीकृतिको काम वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली एफईआईएमएस मार्फत अनलाइनबाट मात्रै हुने वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here