प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनलगायतले बिहीबार सर्वोच्च अदालतबाट बालुवाटारसम्म ‘मार्च पास’ गर्दै


९ मंसिर २०७८, बिहीबार ११:४४ मा प्रकाशित

काठमाडौँ, मंसिर ९ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनलगायतले बिहीबार सर्वोच्च अदालतबाट बालुवाटारसम्म ‘मार्च पास’ गर्दै छन् ।

प्रधानन्यायाधीश बहिर्गमनको माग राख्दै करिब १ महिनादेखि आन्दोलनरत बारले आयोजना गरेको ‘मार्च पास’ मा नागरिक समाजलगायत विभिन्न निकायहरू सहभागी हुने भएका छन् ।

बार एसोसिएसन, सर्वोच्च बार एसोसिएसन, पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, चिकित्सक संघ आदिवासी–जनजाति महासंघ र बृहत नागरिक आन्दोलनले ब्यानरसहितको मार्च पास गर्न लागेका हुन् । उक्त मार्च पासलाई ‘बालुवाटार न्याय मार्च’ नाम दिइएको छ ।
मार्च पासमा सहभागी हुन बारले सर्वसाधारणहरूलाईसमेत आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here