ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै


१५ आश्विन २०७८, शुक्रबार ११:३५ मा प्रकाशित

काठमाण्डौ, असोज १५ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई वटा खेलहरु हुँदै छ ।

त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्स खेल्दै छन् । करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जितको खोजीमा छ । विराटनगरले अघिल्ला दुई खेलमा हार बेहोरेको थियो ।

यस्तै दिउँसो साढे एक बजे पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन लगातार तेस्रो जित निकाल्ने योजनामा छ । चितवनले अघिल्ला दुवै खेल जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here