जनकपुरधाम भदौ १ । प्रदेश नम्बर २ मा नेपाली कांग्रेसका पुराना नेता हरिशंकर मिश्र प्रदेश प्रमुखमा नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई मंगलबार (आज) प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरी मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिनुभएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झालाई पदमुक्त गर्दै महोत्तरीका मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।





