कोपा अमेरिका फुटबलमा अर्जेन्टिना विजयी,उरुग्वे १–० ले पराजित


५ असार २०७८, शनिबार १०:२५ मा प्रकाशित

काठमाण्डाै ।कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । बिहान भएको खेलमा अर्जेन्टिनाले अर्को उपाधि दाबेदार उरुग्वेलाई १–० गाेलले पराजित गरेको हो ।अर्जेन्टिनाका गुइडो रोड्रिग्वेजले खेलको १३ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

जितपछि अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलबाट चार अङ्क जोडेर शीर्षस्थानमा उक्लिएको छ ।समान चार अङ्क भए पनि चिली हेड टु हेडमा दोस्रो स्थानमा रहेको छ ।पाराग्वे तीन अङ्कसहित तेस्रो स्थानमा रहँदा अङ्कविहीन उरुग्वे र बोलिभिया चौथो र पाँचौं स्थानमा रहेका छन् ।यसअघि  बिहान नै  भएको अर्को खेलमा चिलीले बोलिभियालाई १–० गाेलले पराजित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here