गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त 


२७ जेष्ठ २०७८, बिहीबार १८:२८ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त हुनुभएको छ ।
प्रदेशसभाको बिहीबारको बैठकमा विश्वासको मत पाउन असफल भएपछि मुख्यमन्त्री गुरुङ पदमुक्त हुनुभएको हो ।विश्वासको मत लिने क्रममा गुरुङले २७ मात्र मत गर्नु भयो ।त्यस्तै उहाको बिपक्षमा ३० मत परेको थियो ।प्रदेशसभा बैठकमा ५८ जना सदस्य उपस्थीत भएकोमा ५७ जनाले मात्र मतदानमा सहभागी जनाएका थिए ।

६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ मतको आवश्यक पर्छ ।प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत बैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गर्ने तयारी गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here