धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मंगलबार विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जानकारी दिनु भयो ।बैठकमा केपी शर्मा ओली पक्षका सांसदहरुले भने मत दिन नहुने बताएका थिए ।पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको मत नदिने बताएको सांसद पठान सिंह बोहोराले जानकारी दिनु भयो ।
तर बहुमत सांसदहरु मत दिने पक्षमा उभिएपछि उनीहरुले फरक मत राख्न चाहेका थिए ।तर बहुमत पक्षले फरक मत पनि राख्न नदिएको एक सांसदले बताए । २४ सदस्यीय संसदीय दलमका ओली पक्षका ७ जना छन् ।





