झापा । नेपाल चलचित्र कर्मी संघले चलचित्रकर्मीहरुलाई राहत वितरण सुरु गरेको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागी सरकारले जारी गरेको निषेधाज्ञाकाकारण समस्यामा परेका प्रदेश १ का चलचित्रकर्मीह?को लागि राहत वितरण कार्य अघि बढाइएको हो ।संघले यस अघि राहत सहयोग संकलनका लागि ‘चलचित्रकर्मी राहत कोष’ खडा गरेको थियो ।कोषमा संघका कार्यसमिति सदस्य,पदाधिकारी,सल्लाहकारका साथै देश विदेशबाट शुभेच्छुक नेपालीहरुले संकलन गरेर पठाएको पैसाले राहत वितरण थालिएको हो ।
बिर्तामोड दमक,उर्लाबारी,इटहरी,बिराटनगर,धरान लगायतका क्षेत्रमा पुगेर प्रति परिवार १ बोरा चामल,२ किलो दाल,१ लिटर तेल,१ प्याकेट नुन,२ डल्ला साबुन र सनीटाइजर,मास्क लगायतका स्वास्थ्य सामाग्री समेत वितरण गरेको संघले जनाएको छ ।संघका अध्यक्ष केवल तामाङ्गको संयोजकत्वमा राहत वितरण कार्य भईरहेको हो ।
अध्यक्ष तामाङ्गले प्रदेश १का अन्य विभिन्न क्षेत्रह?बाट पनि राहतको माग भइरहेकोले त्यस क्षेत्रमा पहिलो चरणको राहत पुर्याउने काम भईरहेको बताउनु भयो ।राहत वितरणसंगै आम नागरिकको लागि समेत अक्सिजन सिलिन्डर,औषधी, तथा स्वास्थ्य सामाग्रीको व्यवस्थापनमा समेत आफुह जुटेको जानकारी दिनु भयो ।
संघले चलचित्रकर्मीहरुको लागि स्वास्थ्य विमा लगायतका विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।कोरोना महामारीकाकारण नेपालको चलचित्र क्षेत्र पनि लामोसमय देखि थलिएको छ ।





