अध्यादेशमार्फत बजेट ल्याइएकोप्रति विपक्षी गठबन्धनको विरोध


१६ जेष्ठ २०७८, आईतवार १२:४८ मा प्रकाशित

काठमाण्डाै ।  विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लङ्घन गरेको निष्कर्ष निकालेको छ ।नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको खनाल–नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलले अध्यादेशमार्फत ल्याइएको बजेट असंवैधानिक रहेको निष्कर्ष निकालेको हो । अध्यादेशबाट बजेट ल्याएको विरोधमा उनीहरुले संयुक्त विज्ञप्तिमार्फत साझा धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here