निःशुल्क खोप उपलब्ध गराउन २६ अर्ब ७५ करोड रकम विनियोजन


१५ जेष्ठ २०७८, शनिबार १७:०९ मा प्रकाशित

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले खोपका लागि रु २६ अर्ब ७५ करोड रकम विनियोजन गरिएको जानकारी दिए । उनले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

यस्तै, स्वास्थ्य बिमालाई आगामी आर्थिक वर्षसम्म सबै स्थानीय तहमा पुर्याउदै ५० प्रतिशत नागरिकमा बिमाको पहुँच पुर्याउने लक्ष्य लिइएको छ । स्वास्थ्य बिमाको लागि सरकारले ७ अर्ब ५० करोड बजेट विनियोजन गरेको मन्त्री पौडेलले बताए ।

त्यस्तै औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । औषधिको मूल्य र गुणस्तरको नियमित अनुगमन समेत गरिने अर्थमन्त्रीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here