नेपाललाई सहयोग गर्न यूएई सकारात्मक,छिट्टै सहयोग प्राप्त हुने


१३ जेष्ठ २०७८, बिहीबार ०९:३६ मा प्रकाशित

नेपाललाई स्वास्थ्य सामाग्री सम्बन्धी सहयोग गर्न यूएई सरकार सकारात्मक भएको छ ।नेपाल सरकारकोतर्फबाट गरिएको सहयोगको अनुरोधलाई यूएईले सकारात्मक रूपमा लिएको र छिट्टै सहयोग प्राप्त हुने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

नेपालले सकेसम्म भ्याक्सिन सहयोग गरिदिन यूएईसँग अनुरोध गरेको र त्यसका लागि विभिन्न निकायबीच समन्वय र छलफल भइरहेको राजदूत ढकालले जानकारी दिनुभयो ।नेपालले परराष्ट्र मन्त्रालय,नेपाली दूतावास,काठमाण्डौमा रहेको यूएई दूतावास लगायत सरकारका उच्च निकायमार्फत सहयोगका लागि अनुरोध गरिएको थियो ।

यूएईले गएको वर्ष पनि नेपाललाई कोरोना सङ्क्रमितको उपचारमा संलग्न  स्वास्थ्यकर्मी तथा बिरामीको प्रयोजनको लागि भन्दै स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।यस्तै यूएईमा रहेका नेपाली समुदायले समेत नेपालका लागि सहयोग गर्न कोभिड १९ मातृभूमि सहयोग अभियान सञ्चालन गरिरहेका छन् ।यहाँ रहेका सम्पूर्ण नेपाली सङ्घसंस्था तथा कार्यरत सबै नेपाली मिलेर नेपाली दूतावासको संरक्षणमा  अभियान स सञ्चालन गरिरहेको दूतावासले जनाएको छ ।

अभियानबाट अहिलेसम्म १० लाख रुपैयाँ सङ्कलन भएको अभियानकर्ता नेपाल एसोसिएसनका महासचिव नरेश शेनले उज्यालोलाई जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here