बिर्तामोड । झापामा बुधबार १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार ६४ जना महिला र ७४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।जिल्लामा ३६८ जनाको पिसिआर र ४८ जनाको एन्टिजेन टेस्ट गरीएको थियो ।योसंगै झापामा संक्रमितको हुनेको संख्या १० हजार २७८ जना पुगेको छ ।
यस्तै गत २४ घण्टामा झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ रहेको छ ।मृत्यु हुनेमा बिर्तामोड ३ को ८४ वर्षिय महिला,भद्रपुर ८का ६५ वर्षिय पुरुष, भद्रपुर ३का ६५ वर्षिय पुरुष,बिर्तामोड १०का ४६ वर्षिय पुरुष,बिर्तामोड ७ को ६० वर्षिय पुरुष,गौरीगञ्ज ३का ६५ वर्षिय पुरुष र गौरादह २ को ५० वर्षिय पुरुष रहेका छन् ।झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या २२० जना पुगेको छ ।






