ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक


१० जेष्ठ २०७८, सोमबार १०:३६ मा प्रकाशित

काठमाडौं ।  नेकपा एमालेको संस्थापन पक्ष (ओली समूह) ले स्थायी कमिटी बैठक बोलाएको छ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आज अपराह्न चार बजे बस्‍नेगरी बैठक बोलाएका नेता सुवास नेम्बाङले जानकारी दिए। नेम्बाङका अनुसार बैठकमा चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल हुनेछ।

शनिबार बसेको बसेको स्थायी कमिटीले माधव नेपाल समूहका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।साथै, राष्ट्रियसभा उप-चुनावमा गृहमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’लाई हराउन सहयोग गर्ने प्रदेश सभाका १४ सांसदसँग पनि स्पष्टीकरण सोधेको थियो।सो विषयमा पनि स्थायी कमिटी बैठकमा छलफल हुने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here