झापा । बिर्तामोड नगरपालिकाका नगरप्रमुख धुर्वकुमार शिवाकोटी कोरोना संक्रमितको घर–घरमा पुग्ने क्रम अझै पनि जारी छ ।
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले निषेधाज्ञा जारी गरेपनि संक्रमितको संख्या थपिदै गएपछि नगरप्रमुख शिवाकोटीले उनीहरुको अवस्था बुझ्ने क्रमलाई जारी राख्नु भएको हो ।डा.मनिषा सुवेदी सहित स्वास्थ्यकर्मीको टोली लिएर संक्रमितको घर–घरमा पुगेर अवस्था बुझने क्रम जारी रहेको नगरप्रमुख शिवाकोटीले बताउनु भयो ।उहाँले संक्रमितको अवस्था अनुसार आवश्यक औषधी तथा बिपन्नहरुलाई पोषिलो खानेकुराको लागि नगदसमेत प्रदान गर्दै आएको जानकारी दिनु भयो ।
कोरोना संक्रमित भएर ज्यान गुमाएकाहरुको परिवारमा समेत पुगेर आवश्यक जानकारी लिदै आउनु भएका नगरप्रमुख शिवाकोटीले आइतबार वडा नम्बर २मा रहेका संक्रमितहरुको अवस्था बुझ्नु भएको छ ।
बिर्तामोड नगरपालिकामा आइतबार १० जना थपिएसंगै कोरोना संक्रमित हुनेको कुल संख्या १ हजार ४६० जना पुगेको छ ।संक्रमणबाट आइतबार सम्ममा २२ जनाले ज्यान गुमाएका छन् ।





