नेपाल सुपर लिगको उपाधिका लागि काठमाडौँ र धनगढी भिड्दै, खेल केही बेरमा सुरु हुँदै


१ जेष्ठ २०७८, शनिबार १६:१५ मा प्रकाशित

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)को उपाधि भिडन्त आज हुँदैछ ।

उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

खेल साँझ साढे पाँच बजेपछि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

उपाधि जित्ने योजनासहित मैदान उत्रने दाबी गरेका दुवै टोलीको खेल निक्‍कै रोमान्चक हुने अनुमान गरिएको छ ।

काठमाडौँका प्रशिक्षक बाल गोपाल महर्जनले धनगढीलाई पराजित गर्दै घरेलु मैदानमा उपाधि हात पार्ने योजना रहेको उल्लेख गरे ।

धनगढीका नाइजेरियन प्रशिक्षक तोपे फुजाले पनि उच्च मनोबलका साथ मैदानमा उत्रने योजना सुनाउँदै जित आफ्नै पक्षमा हुने दाबी गरे । उनले अघिल्ला दुई खेलमा विजयी धनगढी उच्च मनोबलका साथ खेल्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here