एमाले महाधिवेशन आयोजक समितिको बैठक बस्दै


१२ बैशाख २०७८, आईतवार ०८:०९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री एवम् केपी शर्मा ओलीले नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक बोलाएका छन्।

एमाले अध्यक्ष ओलीले आइतबार बिहान साढे १० बजेका बालुवाटारमा बस्ने गरि महाधिवेशन आयोजक समितिको बैठक बोलाएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।

आजको बैठकमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका २७ सांसदको थप कारबाहीको प्रक्रिया अघि बढ्न सक्ने रिजालले जानकारी दिए। यस अघि अध्यक्ष ओलीले संघ र प्रदेशका ३२ सांसदलाई ओलीले स्पष्टिकरण सोधेका थिए। त्यसको जवाफ सांसदहरुले गएको बिहीबार बुझाएका थिए। सोही विषयमा नेपाल पक्षका नेताहरुको जवाफलाई लिएर बैठक बोलाइएको हुनसक्ने रिजालको भनाइ छ।

यस अघि प्रदेशका चार सांसदलाई निलम्बन गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग पटक पटक छलफल गरेपनि वार्ता सकारात्मक भएको थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here