प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे धरहरा


११ बैशाख २०७८, शनिबार १२:३९ मा प्रकाशित

काठमाडौँ । पुनर्निर्मित धरहरा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । आज आयोजित पुनर्निर्मित धरहरा उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन ।

वि सं २०७२ वैशाख १२ गते आएको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिकै यो नयाँ धरहरा निर्माण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरालाई पुनर्निर्माण गरेको हो ।

पुनर्निर्मित धरहरा बाहिरबाट ११ तला देखिने तर भित्र २२ तलाको रहेको छ । मौलिकताको सम्बद्र्धन गर्दै आधुनिक रुप समेत यसमा दिइएको प्राधिकरणले जनाएको छ ।

धरहरामा विद्युतीय लिफ्ट र र्भयाङको समेत व्यवस्था गरिएको छ । २२ औं तलामा महादेवको मुर्ति राखिएको छ । २०७२ फागुन ४ गते तत्कालिन प्रधानमन्त्री ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान घोषणा गरेका थिए । २०७५ पुस १२ गते प्रधानमन्त्री ओलीले धरहराको शिलान्यास गरेका थिए ।

पुनर्निर्मित धरहरा उद्घाटन समारोहमा धरहरा भत्कँदा घाइते भइ ज्यान जोगाउन सफल भएका व्यक्तिलाई सम्मान गरिएको छ । त्यस्तै धरहरा पुनर्निर्माणमा सहयोग र्पुयाउने व्यक्तिलाई सम्मान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here