भारतले नेपाललाई दियो भेन्टिलेटरसहितको ३९ एम्बुलेन्स


९ बैशाख २०७८, बिहीबार १४:४० मा प्रकाशित

 

काठमाडौँ । भारतले नेपाललाई कोरोना भाइरसको संक्रमणविरुद्ध लड्नका लागि विभिन्न स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ ।

बिहीबार भारत सरकारले कोरोना महामारीविरूद्ध लड्नका लागि ३९ वटा एम्बुलेन्स, भेन्टिलेटर, ईसीजी, अक्सिजन मोनिटर र अन्य आपतकालीन चिकित्सा उपकरणहरु सरकार र गैरसरकारी संस्थाहरुलाई उपहार स्वरूप प्रदान गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

त्यस्तै दूतावासले ६ वटा स्कूल बसहरू पनि सहयोग गरेको छ । दूतावासले विद्यार्थीहरूको सहज पहुँचका लागि स्कूल बसहरु सहयोगी बन्ने विश्वास व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here