ललितपुर मेयर कप महिला क्रिकेट :उद्घाटन खेलमा एपीएफ र प्रदेश-१ खेल्दै


२१ चैत्र २०७७, शनिबार ०८:५४ मा प्रकाशित

काठमाण्डाै – पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

कीर्तिपुर मैदानमा हुने उद्घाटन खेलमा एपीएफ क्लब र प्रदेश-१ खेल्दैछन् । खेल बिहान ९ बजे सुरु हुनेछ ।त्यस्तै दोस्रो खेलमा आज सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर्स-११ दिउँसो १ बजे मूलपानी मैदानमा खेल्दैछन् ।

चैत २८ गतेसम्म हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here