काठमाडौँ । फिफा विश्वकप छनौट अन्तर्गत क्रोएसियाले माल्टालाई पराजित गरेको छ ।
मंगलबार राति भएको खेलमा क्रोएसियाले माल्टालाई ३–० गोलले पराजित गरेको हो । क्रोएसियालाई जित दिलाउन इभान पेरिसिच, लुका मोड्रिच र जोसिप ब्रेकालोले एक एक गोल गरे ।
जितसँगै समूह एचको क्रोएसियाले ३ खेलमा ६ अंक जोडेको छ । क्रोएसिया समूहको शीर्ष स्थानमा रहेको छ । माल्टा ३ खेलमा १ अंक जोडेर पुछारमा छ ।





