नेपालमा १६७ कोरोना संक्रमित थपिए


१७ चैत्र २०७७, मंगलवार १७:१३ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ११५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोना जित्नेहरुको संख्या हालसम्म २ लाख ७२ हजार ७२७ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल १३९० जना आइशोलेशन र ५३ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ३० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here