काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ ।
पार्टीको विधानविपरीत चलेको भन्दै नेता नेपाल र रावललाई कारबाही गरेको हो । पार्टीको चैत्र ७ गतेको केन्द्रीय कमिटीको बैठकले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नफर्काएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको छ ।
नेता नेपाल र रावललाई पार्टीबाट निलम्बन गरिएको पत्रसमेत पठाइसकेको छ ।





