काठमाडौं । त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आज नेपाल र बंगलादेशबीच खेल हुँदैछ। खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे हुनेछ।
आजको खेलमा बंगलादेशलाई पराजित गर्दै नेपाल फाइन प्रवेशको दाउमा हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानको २३ वर्षमुनिको टिमसँग गोलरहित बराबरी खेलेको थियो।
बंगलादेशले किर्गिस्तानलाई पहिलो खेलमा पराजित गर्दै तालिकामा तीन अंक जोडिसकेको छ। आजको खेलमा नेपालले फाइनल प्रवेशका लागि जित वा बराबरी खेल्नै पर्ने बाध्यता छ। नेपाल पराजित भए गोल अन्तरका आधारमा नेपाल वा किर्गिस्तान फाइनल प्रवेश गर्नेछ।
नेपालले पछिल्लो पटक बंगलादेशसँग खेलेका दुई मैत्रीपूर्ण खेलमा सन्तोषजनक नतिजा निकाल्न सकेको थिएन। फाइनल खेल पर्सि सोमबार हुनेछ।





