संसदीय दलको बैठकमा सहभागी हुने नेपाल समूहको निर्णय


१३ चैत्र २०७७, शुक्रबार १४:१८ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह संसदीय दलको बैठकमा जाने भएको छ ।

प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे दलको बैठक बोलाएका छन् ।

त्यसअघि बसेको नेपाल समूहका नेताहरुको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here