अदालतको अवहेलना मुद्दामा जवाफ पेश गर्न प्रधानमन्त्री ओली सर्वोच्च अदालत जाँदै


६ फाल्गुन २०७७, बिहीबार १०:५२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आज सर्वोच्च अदालतमा आफैं उपस्थित हुने भएका छन्।

प्रधानमन्त्री ओली मध्यान्ह १२ बजे सर्वोच्चमा उपस्थित हुने बताइएको छ। प्रधानमन्त्री ओलीले माघ नौ गते आफ्ना कार्यकर्ताको भेलामा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा वहसलाई तमासा भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायधाीशहरु तथा पूर्व सभामुख दमनानाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

यसअघि चार पूर्व प्रधानन्यायाधीशले अदालतमा गएर म्याद बुझी लिखित जवाफ पेश गरिसकेका छन्।

सर्वोच्चले पूर्व प्रधानमन्त्री तथा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डलाई पनि अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here