जनयुद्ध दिवसको अवसरमा वैद्य माओवादीद्वारा पोखरमा ‘मार्चपास’


१ फाल्गुन २०७७, शनिबार १८:३२ मा प्रकाशित

पोखरा । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले जनयुद्ध दिवसको अवसरमा आज पोखरामा मार्चपास गरेको छ ।

पोखराको अम्मर चोकबाट शुरू भएको मार्चपास पृथ्वी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् गण्डकी प्रदेश ईन्चार्ज चन्द्रहरि सुवेदी अटलले जनयुद्ध दिवसको महत्व बारे चर्चा गर्दै संसारको जुनसुकै परिवर्तन हिंसात्मक आन्दोलनबाट मात्र सम्भव भएको बताए ।

पार्टी प्रदेश सेक्रेटरी केशबहादुर परियारको अध्यक्षतामा भएको कोणसभाको सञ्चालन पार्टी केन्द्रीय सदस्य नारायण अधिकारीको सञ्चालनमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here