ट्रम्प विरुद्धको महाभियोग अघि बढाउन सिनेटले दियो स्विकृती


२८ माघ २०७७, बुधबार ११:०४ मा प्रकाशित

काठमाडौं । अमेरिकी संसदको माथिल्लो सदन सिनेटले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्धको महाभियोगको सुनुवाई अघि बढाउन स्विकृती दिएको छ ।

सिनेटमा भएको मतदानमा सुनुवाई अघि बढाउने पक्षमा ५६ मत पर्यो भने विपक्षमा ४४ मत मात्रै पर्यो ।

मतदानमा ६ जना रिपब्लीकन सांसदहरुले ट्रम्पको विपक्षमा मत दिएका छन् ।पूर्व राष्ट्रपतिले पदि छाडिसकेको अवस्थामा सुनुवाईको आवश्यकता नभएको तर्क ट्रम्पका वकिलहरुले गरेका थिए।

तर सिनेटले महाअभियोग प्रक्रियालाई संवैधानिक मान्दै सुनुवाई अघि बढाउन म्यान्डेट दिएको छ। अब पूर्ण इजलास सुरु हुने बताईएको छ ।

गत जनवरी ६ तारिखको दिन अमेरिकी संसद्‌ भवनमाथि समर्थकहरूले आक्रमण गरेपछि ट्रम्पमाथि दोस्रो पटक महाअभियोग लागेको हो ।

वासिङ्गटनस्थित क्यापिटल भवनमाथि भएको विद्रोहमा ट्रम्प जिम्मेवार रहेको अभियोजनकर्ताहरुको दावी छ । ट्रम्पमाथि आफ्ना समर्थकहरूलाई हिंसाका लागि उक्साएको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here